मुहार फेर्दै कोल्टे र मैनाटार

मुहार फेर्दै कोल्टे र मैनाटार


ग्लोब नेपाल
2.3k
Shares

उदयपुर । उदयपुर जिल्लाको पिछडिएको क्षेत्र रुपमा परिचित कोल्टे, मैनाटार र बाघखोरले मुहार फेर्ने भएका छन् । पूर्वाधार विकास कार्यालय उदयपुरले कोल्टे, मैनाटार, बाघखोर र छुरुम्पा जोड्ने १० किलोमिटर ग्रामीण सडक निर्माण भएपछि उक्त क्षेत्रले मुहार फेर्ने भएको हो ।

उक्त सडकखण्डमा पर्ने बाहुना र बलान खोला पुल निर्माणको अन्तिम चरणमा रहेको छ । लाहान–गाईघाट सडकखण्डको निर्माणपछि जिल्लाको पश्चिम क्षेत्रमा वर्षौदेखि ओझेलमा परेको थियो । कोल्टे, मैनाटार, बाघखोर र छुरम्पा जोड्ने सडकखण्ड निर्माण भएसँगै उदयपुरगढीले विकासको नयाँ आयाम पाउने भएको छ ।

बाहुना खोला पुल इलाट के.एम–जे.भी.ले निर्माण गरेको हो भने बलान खोला पुल सपना निर्माण सेवा प्रा.लि.ले तयार गरेको हो । कोल्टे, मैनाटार र बाघखोर सडक खण्डको निर्माण पवित्रा निर्माण सेवा गाईघाटले गरेको हो । उक्त सडकखण्ड र पुलहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको पूर्वाधार कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरगढी गाउँपालिका अन्तर्गत पर्ने यो सडक खण्डले पूर्व–पश्चिम जोड्ने मदनभण्डारी राजमार्गलाई समेत छुन्छ ।