प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल

प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल

भेन्टिलेटरमा राखेर उपचार हुँदै


ग्लोब नेपाल
108
Shares

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सीतालाई शनिबार भर्ना गरिएको थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् । यसअघि १५ दिन अस्पताल बसाइपछि कात्तिक १४ गते सीतालाई डिस्चार्ज गरिएको थियो ।