विराटनगरमा भोट माग्दामाग्दै ढले कांग्रेस उम्मेदवार अर्याल

विराटनगरमा भोट माग्दामाग्दै ढले कांग्रेस उम्मेदवार अर्याल


ग्लोब नेपाल
1.1k
Shares

विराटनगर । सत्ता गठबन्धनबाट मोरङ क्षेत्र नं. ५ (ख) बाट उम्मेदवार बनेका अमृत अर्याल अस्वस्थ्य बनेका छन् । उनी नेपाली कांग्रेसका नेता हुन् । विराटनगरबाट कांग्रेस नेतृ जस्मिन मण्डलले टिपाएको समाचारअनुसार अर्यालको विराटनगर नर्सिङहोममा उपचार भइरहेको छ ।

मण्डलका अनुसार सोमबार बिहान विराटनगर महानगरपालिकाको १५ वडामा घरदैलो कार्यक्रम चलिरहेको थियो । अर्यालको नाकबाट एक्कासी रक्तश्राप हुन थाल्यो । अस्वभाविक रुपमा रक्तश्राप हुन थालेपछि अर्याललाई अस्पताल भर्ना गरिएको हो । डाक्टरले तत्काल रेस्ट गर्न स्ट्रेस नलिन सुझाएका छन् । आजको घरदैलो कार्यक्रम रद्द गरिएको मण्डलले बताइन् ।

तस्बिरः जस्मिन मण्डल ।