कात्तिक २२ बाट प्राधिकरण बन्दै बिमा समिति

कात्तिक २२ बाट प्राधिकरण बन्दै बिमा समिति


ग्लोब नेपाल
54
Shares

काठमाडौं । बिमा समिति यही कात्तिक २२ गतेबाट (प्राधिकरण)बन्दैछ । समितिले प्राधिकरणको नयाँ लोगो सार्वजनिक गरेको छ ।

नयाँ बीमा ऐन २०७९ अनुसार नयाँ लोगोमा बीमा समितिको ठाउँमा ‘नेपाल बीमा प्राधिकरण’ राखिएको छ । समितिको लेटरप्याड तथा संकेतलाई यथावत् राखि कात्तिक २२ गतेबाट लागु हुनेछ ।

बिमा समिति प्राधिकरण बने पनि त्यही जनशक्ति रहनेछ । लोगो र नाम मात्र परिवर्तन हुने समितिले जनाएको छ ।