चुनाव खर्चको अनुगमन गर्ने जिम्मेवारी अख्तियारलाई

चुनाव खर्चको अनुगमन गर्ने जिम्मेवारी अख्तियारलाई


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन खर्चको विशेष अनुगमन गर्ने भएको छ ।

मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले गर्ने खर्च र प्रयोग गर्ने सवारीसाधनलगायतका विषयमा गहिरो अनुगमन गर्न निर्वाचन आयोगले अख्तियारलाई आग्रह गरेको छ । उसले पत्र पठाएर निर्वाचनको अनुगमन गरिदिन आग्रह गरेको स्रोतले जनाएको छ ।

निर्वाचनमा कालो धनको प्रयोग गरेर राजनीतिक दल तथा उम्मेदवारहरूले धाँधली गर्ने थाहा पाएपछि आयोगले यो निर्णय लिएको हो । चुनाव खर्च अपारदर्शी भएपछि निर्वाचन महँगिँदै गएको टिप्पणी हुँदै आएको छ । स्वच्छ, निष्पक्ष भनिएको निर्वाचनमा कालो धन प्रयोग भएर निर्वाचनको स्वच्छतामै प्रहार हुँदै आएको छ ।

यसअघि निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको निगरानी गर्न प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गर्ने निर्णय गरेको थियो ।