जसपा रौतहट जिल्ला अध्यक्ष पटेलद्वारा पार्टी परित्याग

जसपा रौतहट जिल्ला अध्यक्ष पटेलद्वारा पार्टी परित्याग


ग्लोब नेपाल
54
Shares

गौर । जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहटका जिल्ला अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जसपाले नेकपा एमालेसँग गठबन्धन गरेको भन्दै पटेलले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको कारण आफूले पार्टीबाट राजीनामा दिएको पटेलले बताए ।

‘अहिले चुनावमा मतदातासमक्ष जान पनि असहज भएको छ । जुन पार्टीले नागरिकता विधेयक पारित हुन दिएन, पटक–पटक मधेसी जनतालाई अपमान गर्यो, संविधान संशोधन हुनै दिएन, आज त्यही पार्टीसित जसपाले गठबन्धन गरेको छ । त्यसले पार्टीमा काम गर्न असहज भएकोले राजीनामा दिएको छु’ पटेलले आफनो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

पटेल २०६४ सालको मधेस आन्दोलनदेखि जसपामा आबद्ध थिए । २०७४ को स्थानीय चुनावमा नगरप्रमुखमा विजयी भए । नगरप्रमुखको कार्यकाल सकिन एक वर्ष बाँकी रहँदा पटेल र अन्य तीन कर्मचारीलाई अख्तियारको टंगाल काठमाडौंको टोलीले घूसबापतको रकम चेक र नगदसहित पक्राउ गरेको थियो । टोलीले दुई लाख ५० हजार नगद र उपभोक्ता समितिको नामको दुई लाख ५० हजारको चेकसहित नगरप्रमुख पटेलको कार्यकक्षमै फेला पारेको थियो ।

पटेलले जसपा र एमाले बीच भएको चुनावी तालमेलको चर्को रुपमा विरोध गरेका छन् । मधेस विरोधी पार्टी एमालेसंग चुनावी तालमेल नगर्न सुझाव दिदा समेत पार्टीले आफनो सुझाव स्वीकार नगरेकाले अबदेखी जसपा पार्टीको कुनै जिम्मेवारीमा नरहने घोषणा उलने गरेका छन् ।