शिव परियारको ‘छैन है गुनासो’मा अञ्जना र विक्रमको अभिनय

शिव परियारको ‘छैन है गुनासो’मा अञ्जना र विक्रमको अभिनय


ग्लोब नेपाल
81
Shares

काठमाडौं । गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ बोलको गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय छ ।

सार्वजनिक गीतमा डिपी खनालका शब्द सृजना,  नविन कार्कीको संगीत छ भने महेश महराको छायांकन छ । लक्ष्मण चौहानको सम्पादन रहेको गीतको कथा र निर्देशन विक्रम चौहानको छ । मोडलिङमा आएको छोटो समयमा नै मोडल  अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेका चर्चा चलेका बेला रिलिज गरिएको उनको यो पछिल्लो भिडियोले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ ।

यसअघि अञ्जनाले  समीक्षा अधिकारी र सुभाष पुरीको स्वर रहेको ‘बजाई देउ’बोलको गीतमा काम गरेपछि चर्चा सुरु भएको थियो । सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटून्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो ।

गीतकाे भिडियाे लिंक: