ओखलढुंगा । देश चुनावमय भए पनि विकास निर्माणको काम पनि निरन्तर अघि बढिरहेको छ भन्ने उदाहरण सिद्धिचरण राजमार्गमा देख्न पाइन्छ । हर्कपुर–ओखलढुंगा–सोलु जोड्ने उक्त राजमार्ग यतिबेला धमाधम कालाेपत्रे भइरहेको छ । नेपाल आदर्श निर्माण सेवा प्रा.लि.ले निर्माण कार्य गरिरहेको उक्त सडक चिसो सुरु हुनुअघि नै सम्पन्न गर्नुपर्नेछ । झन्डै ८० किलोमिटर लामो उक्त सडक चिसो सुरु भएपछि अलकत्रले काम नगर्ने भएकाले छिट्टै सक्नुपर्ने बाध्यता रहेको बताइएको छ ।
प्रतिक्रिया