कञ्चनपुर-२ बाट कांग्रेस उम्मेदवार एनपी साउद निर्वाचित

कञ्चनपुर-२ बाट कांग्रेस उम्मेदवार एनपी साउद निर्वाचित


ग्लोब नेपाल
54
Shares

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नारायणप्रसाद (एनपी) साउद निर्वाचित भएका छन् । निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन् ।

लोकतान्त्रिक-वाम गठबन्धनबाट उम्मेदवार बनेका साउदले २८ हजार १ सय मत प्राप्त गरे । धामीले २१ हजार ६४५ मत प्राप्त गरे । १ लाख ५ हजार ५७७ मतदाता रहेको क्षेत्र नं. २ मा ६४ हजार ७५२ मत खसेको थियो । जसमध्ये ४ हजार ९२० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।