फस्टाउँदै ड्रागन खेती

फस्टाउँदै ड्रागन खेती


ग्लोब नेपाल
108
Shares

स्याङ्जा । स्याङजामा पछिल्लो समय कृषकहरु ड्रागन खेतीमा आकर्षित हुन थालेका छन् । ड्रागन फल नेपालमा भित्रिएको लामो समय नभएता पनि यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । ड्रागन देख्दामा जति आकर्षक छ त्यत्तिकै स्वादिष्ट हुँदा यसको खेती बढ्न थालेको छ ।

समुन्द्री सतहदेखि करिव ३ हजार मिटरसम्मको उचाईमा ड्रागन खेती गर्न सकिन्छ । सुक्खा ठाउँमा पनि उत्पादन राम्रो हुने हुँदा स्याङजाका पहारिलो जग्गामा ड्रागनको सुरुवात गर्न थालिएको छ ।

एउटा फलको तौल १ सय ५० ग्रामदेखि १ किलोसम्मको हुने गर्दछ । काठमाडौं, पोखरा चितवन, दाङ लगायतका नर्सरीमा यसको विरुवा सजिलै पाइन्छ । फूल फुलेको दिनदेखि ४५ दिनमा यसको फल तयार हुने गर्दछ ।

स्याङजाको वालिङ, गल्याङ, पुतलीबजार, कालिगण्डकी लगायतका स्थानिय तहमा ड्रागन खेतीको सुरुवात गरयको छ । अन्य कृषि खेति जस्तो झन्जटिलो र जङगली जनावर दुम्सि बादर र मृग लगायतका जनावरवाट बचाउन सकिने भएकाले बिस्तारै कृषक यसतर्फ आकर्षक हुन थालेका हुन ।