काठमाडौं । संधैं कमसल निर्माण गरेको आरोपमा पप्पु कन्स्ट्रक्सनसँग सरकारले ठेक्का सम्झौता तोड्दै आएको थियो । तर यसपटक पप्पु कन्स्ट्रक्स प्रा.लि.ले नै सरकारले सेवा उपलब्ध नगराएको भन्दै ठेक्का सम्झौता तोडेको समाचार छ । पप्पु कन्स्ट्रक्सनले सडक विभागसँग ११ किलो छेपेटार भालस्वारा बारपाक सडक योजना शाखाको त्रिशुली नदी बट्टार पुल निर्माणको खरिद सम्झौता अन्त्य गरेको सूचना सार्वजनिक गरेको छ ।
कन्स्ट्रक्सन र आयोजनासँग पुल निर्माण कार्यका लागि मिति २९ असार २०७१ मा ठेक्का सम्झौता भएकोमा योजनाबाट उपलब्ध गराउनुपर्ने सुविधा उपलब्ध नगराएको, योजनाले मिति असोज ११ गते आयोजना स्थलमै भएको व्यवस्थापन बैठक बमोजिम निर्माण गर्नुपर्ने बेली पुल आजको मितिसम्म निर्माण नगरेको, निर्माण व्यवसायीले पेस गरेको बिल भुक्तानी नगरेको र सो सम्बन्धमा यस पष्पु कन्स्ट्रसन प्रा.लि. ले पटक पटक पत्रचार गर्दासमेत बेवास्ता गरेकोमा निर्माण व्यवसायीले ३० नोभेम्बर २०२२ सूचना सम्झौतापत्रमा प्रेसित गर्दासमेत कम्पनीको पत्रमा उल्लेखित विषयलाई सुधार नगरिएकोले ठेक्का सम्झौता जीसीसीको क्लज ५८ बमोजिम ठेक्का सम्झौता अन्त्य गरिएको हुँदा जीसीसीको क्लज ५९ तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (३) एवम् सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२७ बमोजिम वित्तीय फरफारक गर्नु हुन सादर अनुरोध गर्दछु,’ कन्स्ट्रक्सनले जारी गरेको सूचनामा भनिएको छ ।


प्रतिक्रिया