राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ ।

भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुनेगरी राजीनामा दिएको क्यानले जनाएको छ । प्रभाकरको राजीनामा क्यानले स्वीकृत समेत गरेको जनाएको छ । राजीनामा दिनु अघि नै प्रभाकर भारत फर्किसकेका छन् ।

तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौंता अघि नै प्रभाकरले पद छाडेका हुन् । प्रभाकरको नेतृत्वमा नेपालले पछिल्लो समय खराब प्रदर्शनलाई निरन्तरता दिएको थियो । यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्धमा समेत दरार आएको थियो । जसको कारण प्रभाकरको राजीनामा आएको हो ।

प्रभाकरको प्रशिक्षकमा नेपालले ७ ओडिआई खेल खेल्दा ५ मा पराजित र दुई खेलमा विजयी भएको थियो । अघिल्लो महिना नेपालले युएईसँगको तीन ओडिआई खेलको सिरिज २-१ ले जितेको थियो । यसै महिना नामिबिया भ्रमणमा आइसिसी विश्वकप लिग-२ मा खेलेका चार खेलमा नै पराजित भएको थियो । केन्या भ्रमणमा पाँच टि२० आई खेलको सिरिज ३-२ ले जितेको थियो । केन्यासँगको तीन एकदिवसीय अभ्यास खेलको सिरिज ३-० ले जितेको थियो ।