ट्विटर प्रयोगकर्ताहरूद्वारा एलन मस्कको राजीनामाको पक्षमा मतदान

ट्विटर प्रयोगकर्ताहरूद्वारा एलन मस्कको राजीनामाको पक्षमा मतदान



अर्बपति इलोन मस्कले आफू ट्वीटर कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा रहिरहने वा हट्ने सम्बन्धमा गराएको अनलाइन मतदानमा ५७ दशमलब ५ प्रतिशत ट्वीटर प्रयोगकर्ताहरूले हट्नुपर्ने पक्षमा मतदान गरेका छन् ।

४२ दशमलब ५ प्रतिशतले भने विपक्षमा मतदान गरेका थिए । ट्वीटरका कुल १२ करोड २० लाख प्रयोगकर्ताहरूमध्ये १ करोड ७५ लाखभन्दा बढीले पक्षमा मतदान गरेका थिए ।

गत अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर कम्पनीमा खरिद गर्नुभएका मस्कले भने यो परिणाम बारे केही प्रतिक्रिया जनाइसक्नु भएको छैन ।

टेस्ला र स्पेश एक्स समेतका मालिक रहनुभएका मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएपनि ट्वीटर कम्पनीको मालिक भने रहिरहनु हुनेछ ।