बढ्यो ईपीएसमार्फत कोरिया जाने श्रमिकको भिसा शुल्क

बढ्यो ईपीएसमार्फत कोरिया जाने श्रमिकको भिसा शुल्क


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क बढेको छ ।

नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो । अहिलेसम्म दूतावासले ७ हजार २०० रुपैयाँ भिसा शुल्क लिने गरेको छ । अबदेखि उक्त शुल्कमा ६०० रुपैयाँ वृद्धि गरी ७ हजार ८०० पुर्‍याइएको हो ।

भिसा जारी गर्न गर्न अघि आवश्यक पर्ने प्रक्रिया पुरा गर्न (सीसीभीआई) को लागि स्वयं व्यक्ति नै ईपीएस कार्यालयमा उपस्थित भई सीसीभीआई फाराम बुझाउनुपर्ने व्यवस्था रहेको छ । अबदेखि उक्त फाराम भर्ने व्यक्तिहरूले भिसा शुल्क बापत ७ हजार ८०० रूपैँया बुझाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ । यसअघि नै सीसीभीआई फारम बुझाई सकेका तथा भिसा जारी हुन नसकेका व्यक्तिहरूले समेत थप शुल्क बुझाउनुपर्नेछ ।

यसअघि सीसीभीआई फारम बुझाई सकेका व्यक्तिहरूले समेत भिसा जारी हुनका लागि नेपालस्थित कोरियन राजदूतावासमा सन् २०२३ जनवरी १ पछि मात्रै जाने भएकाले थप ६०० रुपैयाँ बुझाउन कार्यालयले अनुरोध गरेको छ ।