ग्लोबल आइएमई र बैङ्क अफ काठमाडौँको एकीकृत कारोबार पुस २५ बाट

ग्लोबल आइएमई र बैङ्क अफ काठमाडौँको एकीकृत कारोबार पुस २५ बाट


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू(बिओके)ले पुस २५ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले अन्तिम स्वीकृति दिएसँगै कारोबार मिति तय भएको हो । यसअघि बैङ्कहरूले मर्जर सम्झौता गर्दा ग्लोबल आइएमई बिओके नाम राखेका थिए । तर, अब एकीकृत कारोबार ग्लोबल आइएमई बैङ्ककै नामबाट हुने भएको छ ।

गत असार २ गते दुई बैङ्कबिच मर्जर प्रयोजनको प्रारम्भिक सहमति भएको थियो । कात्तिक २८ गते सेयर स्वाप अनुपात १ः१ कायम गर्ने गरी अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । गत मंसिर २३ गते भएको दुवै बैङ्कका साधारण सभाले मर्जरलाई अनुमोदन गरिसकेको छ ।

मर्जरपछि बैङ्कको कुल पुँजी ५७ अर्ब रुपैयाँ कायम भएको छ । बैङ्कको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्बभन्दा बढी पुगेको छ ।

मर्जरपछि बन्ने नयाँ बैङ्क कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठुलो बैङ्क भएको छ ।