सभामुखको ७ माघ र उपसभामुखको ९ माघमा निर्वाचन गर्ने

सभामुखको ७ माघ र उपसभामुखको ९ माघमा निर्वाचन गर्ने


ग्लोब नेपाल
108
Shares

काठमाडौं, २२ पुस । सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा आउँदो ७ माघमा सभामुख र ९ माघमा उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो । उक्त मितिप्रति दलहरु सकारात्मक देखिएका बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । 

संघीय संसदको अधिवेशन २५ पुसबाट सुरु हुँदै छ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।