काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ।
आज बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साँझ ५ देखि ६ बजेसम्म मतदान हुने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लाल किशोर साहले बताए।
जसपा मधेश प्रदेशसभाको संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र नेता रामअशिष यादव प्रमुख दाबेदार छन्।
राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत दलका नेता चयन गर्न लागिएको हो। मधेश प्रदेशसभामा जनता समाजवादी पार्टीका १६ जना प्रदेशसभा सदस्य छन्।
प्रतिक्रिया