सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त


ग्लोब नेपाल
135
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनको पक्षमा एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १ सहित २९ सांसदको समर्थन छ ।