गणतन्त्र किन ?

गणतन्त्र किन ?



आयातित छ,
निर्देशित छ
नियन्त्रित छ
निरीह र निकम्मा छ
प्रजा यहाँ, तन्त्र अन्यत्र
शासित छर्लङ्ग शासक अदृश्य
हिजो त्यही, आज उही

शासक किन ?
आफै शासित छ
गोटी झै चलिरहन्छ
छेपारा झै फेरिरहन्छ
नोकर झै नतमस्तक छ
संधैं डराउँछ, लत्रिन्छ, झुक्दछ ।

ए शासक
किचन क्याविनेट तोड
ठेकेदारको मोह छोड
विचौलियाको वाचा फोर
दलालको साङ्लो तोड
जासुसको जालो फुटाउ
प्रभुको आदेश लत्याउ
माटोको टिका लगाउ
जनताको आशिष लिउ
र, आफ्नो देश आफै चलाउ ।