काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि बेलुकीसम्म सरकारले पूर्णता पाउने बताएका छन् । शनिबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले आजै बिहानमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । सो भेटमा भोलि बेलुकीसम्ममा सरकारले पूर्णता पाउने बारे छलफल भएको दाहालले बताए ।
‘ओलीजीसँग पनि त्यही कुरा भएको छ। भोलि बेलुकीसम्म सरकारले पूर्णता पाउँछ र पर्सि पूर्ण मन्त्रिपरिषद् बैठक बस्छौं।’ प्रधानमन्त्री दाहालले भने ।
‘राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति भएको छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘छलफल गर्दै जाने भन्ने छ। सबै दलको बैठकबाट पनि त्यसबारे केही सहमति होला।’
विश्वासको मत दिने सबै दलहरूसँग बैठक राखेर सहमतिको कोशिस गर्ने पनि बताए ।
प्रतिक्रिया