काठमाडौं । नेकपा माओवादी केन्द्रबाट आज थप ३ नयाँ मन्त्री बन्ने भएका छन् । माओवादी उच्च स्रोतका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नियुक्त हुने भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराँती राई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी नियुक्त हुने भएका छन् ।
माओवादीको भागमा परेका ४ मन्त्रालय मध्ये यसअघि नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् ।
प्रतिक्रिया