काठमाडौं । नेकपा एमालेले ८ मन्त्रीलाई सरकार पठाउने भएको छ । यसअघि शपथ लिइसकेका ३ विना विभागीय मन्त्रीबाहेक भगवती चौधरी, हरि उप्रेती, पदम गिरी, विमला राई र बलराज अधिकारी आज मन्त्री बन्नेछन् ।
चौधरी कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेकी सांसद हुन् । गिरी पर्वतबाट २ पटक विजयी सांसद हुन् । उप्रेती सर्लाही र अधिकारी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साहले यस अघि नै शपथ लिइसकेका छन् । उनीहरूले अहिलेसम्म मन्त्रालय पाएका थिएनन् । एमालेले एउटा राज्यमन्त्री पनि पाउने छ । अर्थ मन्त्रालय लिइसकेको एमालेले रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, कृषि विकास र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने भएको हो ।
प्रतिक्रिया