नयाँ मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

नयाँ मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । आज उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३-३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १-१ राज्यमन्त्री पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री बिष्णु प्रसाद पौडेल, अर्थ, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार, उपप्रधानमन्त्री रवि लामिछाने गृह र उपप्रधानमन्त्री राजेन्द्र लिङदेन ऊर्जा छन् ।

यस्तै, एमालेबाट पदम गिरी स्वास्थ्यमन्त्री, डा. विमला राई पौडेल परराष्ट्रमन्त्री, हरि उप्रेती रक्षामन्त्री, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षीमन्त्री, भगवती चौधरी महिला, बालबालिका मन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, राजेन्द्र राई भूमिव्यवस्था तथा सहकारीमन्त्री, माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचनामन्त्री, सुदन किराती संस्कृति, पर्यटनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य मन्त्री, रास्वपाबाट शिशिर खनाल शिक्षा तथा विज्ञान मन्त्री, डोरप्रसाद अर्याल, श्रम तथा रोजगार, राप्रपाबाट विक्रम पाण्डे, सहरी विकास, ध्रुव प्रधान, कानुन, न्यायमन्त्री, जनमतबाट अब्दुल खान खानेपानी तथा सरसफाई र राज्यमन्त्रीहरू डा. तोसिमा कार्की स्वास्थ्य र दिपकबहादुर सिंह ऊर्जा, जलस्रोत छन् ।