पोखरा । माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये ७१ जनाको शव फेला परेको छ । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार सात जना र हिजो एक जनाको शव फेला परेको थियाे । दुर्घटनामा अझै १ जनाको अवस्था थाहा हुन सकेको छैन । वेपत्ता एक जनाको नेपाली सेनाले निरन्तर खोजी गरिरहेको छ । काठमाडौँ ल्याइएका शवको आज परीक्षण गरिने छ । पहिचान हुन नसकेका शवको डिएनएका आधारमा पहिचान गरेर आफन्तलाई शव हस्तान्तरण गरिने छ ।


प्रतिक्रिया