काठमाडौं । संसदकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उमेदवारी दिने भएकाे छ । आज पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकबाट याे निर्णय गरिएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार कांग्रेस पदाधिकारी पूर्वपदाधिकारी बैठक सम्पन्न भएको छ । आजै सभामुखको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले उमेदवारी दिने निर्णय भएको छ । त्यसका लागि २ बजे संसदीय दलको बैठक बोलाइएको छ । त्यसअघि अन्य दलहरूसँग छलफल हुनेछ ।
प्रतिक्रिया