काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रालयले ७ दिनभित्र कार्ययोजना बनाएर प्रस्तुत गर्नुपर्ने निर्णय गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सिंहदरबारमा बसेको बैठकले न्यूनतम कार्यक्रमलाई कार्वान्वयनका लागि कार्ययोजना बनाउने निर्णय गरेको हो ।
त्यसैगरी मन्त्रिपरिषद्ले उर्जा मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधारमा र भौतिक पूर्वाधार मन्त्रालयका गोपाल प्रसाद सिग्देललाई उर्जा मन्त्रालयमा सरुवा गर्ने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया