गृह मन्त्रालयले बनायो सीडीओ सरुवाको मापदण्ड (कार्यविधिसहित)

गृह मन्त्रालयले बनायो सीडीओ सरुवाको मापदण्ड (कार्यविधिसहित)

९० प्रतिशत कम अंक ल्याएर अन्तिम ३ मा रहेका ३ जना सीडीओलाई अर्को जिल्लाको जिम्मेवारी नदिने


ग्लोब नेपाल
621
Shares

काठमाडाैं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकार (सीडीओ) को सरुवा तथा पदस्थापनका लागि नयाँ मापदण्ड बनाएको छ । मन्त्रालयले यसका लागि कार्यविधि तयार पारेर गृहमन्त्री रवि लामिछानेले स्वीकृत गरिसकेका छन् । अबदेखि प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीका लागि मन्त्रालय, विभाग वा अन्तरगत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्नेछ ।

सरकार अनुकूल नभएका सीडीओहरूलाई छोटो समयमा नै सरुवा गर्ने प्रवृत्तिलाई अन्त्य गर्न माघ ३ गते मन्त्री स्तरीय निर्णयले कार्यसम्पादन मूल्यांकनमा अंक कम भएका अधिकृतहरूले सीडीओ हुन नपाउने गरी कार्यविधि आएको छ ।

‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि २०७९’ अनुसार कार्यसम्पादन सम्झौतामा ९० प्रतिशत कम अंक ल्याएर अन्तिम ३ मा रहेका ३ जना सीडीओलाई अर्को जिल्लाको जिम्मेवारी नदिने भनिएको छ ।

अरु के के छ नयाँ मापदण्ड हेर्नुहोस् कार्यविधिः