काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इसा अवार्ड जितेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत डा. रुइतलाई बधाई दिँदै प्रधानमन्त्रीले मानव कल्याण्को क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले भनेका छन्, ‘वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु । मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।’
आँखाको ज्योति गुमाएका करिव दुई लाख नागरिकालाई सुन्दर संसार देखाउन सफल रुइतलाई मंगलबार विश्वप्रसिद्ध इसा अवार्डले सम्मान गर्ने घोषणा गरिएको हो । बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ का लागि १ सय ४९ संस्थाको नाम छानिएको थियो । तर, १० लाख अमेरिकी डलरको अवार्ड डा. रुइतले पाएका छन् ।
प्रतिक्रिया