काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरे विजयी भएका छन् । आज भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन् । मतदानका क्रममा २६८ जना सांसद उपस्थित थिए । एक जना सांसद भने तटस्थ रहे । जसमा घिमिरेको पक्षमा १६७ मत खस्दा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको पक्षमा १०० मत खस्यो ।
न्यौपानेलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।
घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।
प्रतिक्रिया