भारतीय राजदूत श्रीवास्तव र पर्यटनमन्त्री किरातीबीच भेटवार्ता

भारतीय राजदूत श्रीवास्तव र पर्यटनमन्त्री किरातीबीच भेटवार्ता


ग्लोब नेपाल
54
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शुक्रबार पर्यटन मन्त्रालयमै भेट भएको हो । भेटका क्रममा मन्त्री किरातीले सिमरामा रहेको नेपालको एक मात्र हवाईमार्गको चाप बढेकोबारे ध्यानाकर्षण गराएका छन् । उनले थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरेकाे जानकारी दिए ।

राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैँ सकारात्मक हुने बताएका छन् ।