प्रधानमन्त्री प्रचण्डद्वारा सचिवालयमा कर्मचारी नियुक्त

प्रधानमन्त्री प्रचण्डद्वारा सचिवालयमा कर्मचारी नियुक्त


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गङ्गा दाहाललाई नियुक्त गरिएको छ । यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फबाट नवराज ढुङ्गाना र स्वकीय सहसचिवमा गोकर्ण भट्टलाई राखिएको छ ।

प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले सचिवालयमा रहने कर्मचारीलाई नियुक्ति पत्र पनि दिइसकेका छन् ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा भने नियुक्त नगरिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।