टुंगियो प्रदेश १ को मन्त्रालय बाँडफाँड (कसलाई कुन मन्त्रालय ?)

टुंगियो प्रदेश १ को मन्त्रालय बाँडफाँड (कसलाई कुन मन्त्रालय ?)


ग्लोब नेपाल
162
Shares

विराटनगर । प्रदेश १ मा मन्त्रालय बाँडफाँड टुंगिएकाे छ । प्रदेशका १३ मन्त्रालयबाट ९ मन्त्रालयमा घटाएर बिनाविभागीय रहेका मन्त्रिहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरू मन्त्रालय जिम्मा लगाएका छन् ।

कार्यविभाजनअनुसार मुख्यमन्त्री कार्कीले आर्थिकसहित आन्तरिक मामिला र कानुन मन्त्रालय आफूसँगै राखेका छन् । एमालेले ९ मध्ये ५ मन्त्रालय आफ्नो भागमा राखेको छ ।

यसरी गरियाे मन्त्रालय बाँडफाँड

१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय : हिक्मतकुमार कार्की
२) आर्थिक मामिला तथा योजना मन्त्रालय : हिक्मतकुमार कार्की
३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय : हिक्मतकुमार कार्की
४) सडक पूर्वाधार तथा सहरी विकाश मन्त्रालय : दुर्गा प्रसाद चापागाईं
५) स्वास्थ्य मन्त्रालय : निर्मला लिम्बु
६) खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रालय : तिलकुमार मेन्यान्ग्बो
७) उद्योग कृषि तथा सहकारी मन्त्रालय : भक्तिप्रसाद सिटौला
८) सामाजिक विकास मन्त्रालय : बुद्धिकुमार राजभण्डारी
९) पर्यटन वन तथा वातावरण मन्त्रालय : जीवन आचार्य