नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीतिगत र व्यावहारिक निर्णय गर्नेछाैँ : प्रधानमन्त्री

नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीतिगत र व्यावहारिक निर्णय गर्नेछाैँ : प्रधानमन्त्री


ग्लोब नेपाल
81
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राइट टू प्रोटिन रन हाफ म्याराथन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ सुरुवात गर्ने तयारी गरेको भन्दै नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यावहारिक निर्णय गर्न लागेको बताए । 

उनले वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने कामहरु धेरै रहेको भन्दै आउँदाे दिनमा जनमुखी सेवा प्रवाहका लागि आवश्यक नीति निर्माण गरी काम गर्ने प्रतिबद्धता जनाए ।