गृहमन्त्रीले अपराध अनुसन्धान आचारसंहिताको विरुद्व विज्ञप्तिबाजी गर्न मिल्दैन – रामहरि खतिवडा

गृहमन्त्रीले अपराध अनुसन्धान आचारसंहिताको विरुद्व विज्ञप्तिबाजी गर्न मिल्दैन – रामहरि खतिवडा


ग्लोब नेपाल
7.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई सस्तो लोकप्रियताका लागि नलोभिन आग्रह गरेका छन् । उनले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न माग गरिएकोमा गृहमन्त्री लामिछानेले उनलाई पक्राउ गर्नुको सट्टा विज्ञप्तिबाजी गरेको भन्दै त्यो अपराध अनुसन्धानको आचारसंहिता विपरीत हुने समेत बताएका छन् ।

खतिवडाले भने– ‘मान्छे पक्रिन नसक्ने, अनि सूचना जारी गर्ने ? यो कस्तो अभ्यास हो ? म प्रधानमन्त्रीलाई विश्वासको दिन जाँदा गृहमन्त्रीजीसँगै गएको हुँ । उहाँले १७० नम्बर हस्ताक्षर गर्नुभएको छ । प्रहरीको फरार सूचीमा रहेका व्यक्तिले १९४ नम्बर हस्ताक्षर गर्नुभएको छ, प्रतिनिधिसभाको शनिबारको बैठकमा सांसद् खतिवडाले प्रश्न गर्दै भनेका छन्, अब हामीले अपराधीलाई चिनाइदिनु पर्ने हो कि गृहमन्त्री र हाम्रो संयन्त्रले चिन्छ ? जे काम हो, त्यो गरौँ । सस्तो लोकप्रियताका लागि विज्ञप्तिबाजी र मिडियाबाजीमा नलागौँ, म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, जनताको माझमा अर्को नाटक, प्रहसन नगरौँ । जनतालाई मुर्ख बनाउने काम नगरियोस् । गृहमन्त्रीले अपराधीलाई पक्राउ गर्न लगाउने हो, अपराध अनुसन्धान आचारसंहिताको विरुद्व विज्ञप्तिबाजी गर्न मिल्दैन ।’