जन्मदर घटेकोमा जापानी प्रधानमन्त्रीको चिन्ता

जन्मदर घटेकोमा जापानी प्रधानमन्त्रीको चिन्ता



जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानमा लगातार घट्दो जन्मदर चिन्ताको विषय भएको बताएका छन् ।

जापानको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानमा आयुदर बढेकोले बृद्धबृद्धाहको संख्यामा बृद्धी भएको तर जन्मदर भने निकै कम हुँदै गएको तथ्य पेश गरे । यसले देश र समाज सञ्चालनमा आवश्यक दक्ष जनशक्ति उपलब्ध हुनेमै शंका उत्पन्न गराएको प्रधानमन्त्री किशिदाको भनाई छ ।

प्रधानमन्त्री किशिदाले दम्पतीहरूलाई सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न थप योजनाहरू ल्याउने बताए । १२ करोड ५० लाख बढी जनसंख्या रहेको जापानमा गत बर्ष ८ लाखभन्दा कम नयाँ जन्म मात्रै दर्ता गरिएको छ । सन् १९७० को दशकमा जापानमा बर्षेनी २० लाखभन्दा धेरै बच्चा जन्मिएका थिए ।