अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ विद्यार्थीको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ विद्यार्थीको मृत्यु


ग्लोब नेपाल
81
Shares

न्युयोर्क । अमेरिकाको आयोवास्थित एक विद्यालयमा गोली चलेको छ । आयोवाको डेस मोइनेसको एक विद्यालयमा सोमबार अपरान्ह गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन् ।

देस मोइनेस स्कुलमा सुरु भएको शैक्षिक कार्यक्रमका क्रममा गोली चलेको हो । समाचार एजेन्सी एसोसिएटेड प्रेसले प्रहरीलाई उद्धृत गर्दै गोली चलेको घटनापछि धेरै संदिग्धहरूलाई हिरासतमा लिइएको बताएको छ।

गोली लागेका विद्यार्थीलाई अस्पताल पुर्‍याइए पनि उनीहरूलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । घाइते शिक्षिकाको अवस्था गम्भीर रहेको र उनको सोमबार दिउँसो शल्यक्रिया गरिएको थियो ।

गोली काण्डको करिब २० मिनेट पछि प्रहरी अधिकारीहरूले करिब दुई माइल टाढा शङ्कास्पद कार रोकेर तीन संदिग्धहरूलाई हिरासतमा लिएका छन् । सोही कारबाट एक जना भने भागेका छन् ।