बाजुराका हिमाली भेगमा वर्षासँगै हिमपात

बाजुराका हिमाली भेगमा वर्षासँगै हिमपात


ग्लोब नेपाल
54
Shares

बाजुरा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो ।

पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दा, गौमुल लगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । सोमबार बिहानैदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै हावाहुरी समेत चल्न थालेको छ ।

हिमपातसंगैको बर्षाले जिल्लाका कृषक खुशी भएका छन् । वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको बेला पानी परेपछि किसानलाई राहत पुगेको छ ।

जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च भागमा हिमपात भएको छ । त्यस्तै तल्लो क्षेत्रका प्राय सबै पालिकाको उच्च हिमाली भेगमा बिहानैदेखि हिमपात भईरहेको छ ।