चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक


ग्लोब नेपाल
108
Shares

काठमाडौं । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा पारिवारिक असमझदारीले ल्याउने उतारचढावलाई देखाइएको छ ।

चलचित्रमा विपिन कार्की र अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय छ ।

यशोदा फिल्म्सको ब्यानरबाट निर्माण भएको चलचित्रमा मनिष ढकाल निर्माता छन् भने मणिराम पोखरेल कार्यकारी निर्माता रहेका छन् । जोश हेरुमले छायांकन गरेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । चलचित्रमा अभिभावक र सन्तानबीचको सम्बन्धलाई देखाइएको छ । यो चलचित्र फागुन ५ गतेदेखि प्रदर्शन हुनेछ।