उत्तर कोरियामा श्वास फेर्नै गार्हो, पाँच दिन राजधानी लकडाउन

उत्तर कोरियामा श्वास फेर्नै गार्हो, पाँच दिन राजधानी लकडाउन


ग्लोब नेपाल
243
Shares

एजेन्सी । उत्तर कोरियाको राजधानी प्योगयांगमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामी बढिरहेकाले पाँच दिनलाई लकडाउन गर्न आदेश दिइएको छ ।

सियोलस्थित एनके न्यूजले बुधबार एक सूचना जारी गर्दै कोभिड-१९को कारण देखाइएको छ र आइतबारसम्म घरमै बस्नुपर्ने बताइएको छ ।

लकडाउनको फैसलालाई मध्यनजर गर्दै त्यहाँका बासिन्दाहरुले आवश्यक कुराहरुलाई जुटाएर राख्न सुरु गरेका छन् । अचानक लकडाउनका कारण मानिसहरु डराउन थालेका छन् ।

प्योगयांगका साथै अरु क्षेत्रहरुमा लकडाउन लागेको छ या छैन सो बारे केही पुष्टी भएको छैन । उत्तर कोरियामा गत वर्ष केही कोरोनाको प्रभाव देखिएको थियोभने चाँडै नियन्त्रमा लिइएको थियो । तर कुनै स्पस्ट आँकडा जारी गरिएको थिएन ।

कोरोनाको समयमा उत्तर कोरियाले आफ्नो कोरोनाको आँकडा लुकाउने काम गरिरहेको थियो । यो देशले कहीले पनि आफ्ना जनसंख्यामा कोरोना संक्रमणको पुष्टि गरेको थिएन ।