कर्णालीका हिमाली जिल्लामा भारी हिमपातले जनजीवन कष्टकर

कर्णालीका हिमाली जिल्लामा भारी हिमपातले जनजीवन कष्टकर


ग्लोब नेपाल
0
Shares

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, मुगु र डोल्पामा तीन दिनदेखि भारी हिमपात भएको छ । मंगलबारदेखि परेको हिउँले घर, आँगन, खेतबारी र बोटविरुवा ढाकिएका छन् । भारी हिमपातका कारण यी जिल्लाहरुमा यातायात र सञ्चार सेवा समेत प्रभावित बनेको छ भने त्यहाँको जनजीवन कष्टकर बनेको छ ।

सडक र विद्युत नपुगेका हिमाली क्षेत्रमा सौर्य ऊर्जाबाट सञ्चालन हुने त्यहाँका फोन सेवा बन्द छन् । हुम्लाको माथिल्लो क्षेत्र, उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कविच्छेद भएको प्रहरीले जानकारी दिएको छ ।

चिसोका कारण ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन पढ्ने विद्यार्थी चिसोबाट बढी प्रभावित भएका छन् । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ ।

यो हिउँले हिउँदे बालीलाई राम्रो गर्ने किसानहरूले बताएका छन् ।