त्रिदेशीय शृंखलाको बन्द प्रशिक्षणमा २८ खेलाडी

त्रिदेशीय शृंखलाको बन्द प्रशिक्षणमा २८ खेलाडी


ग्लोब नेपाल
81
Shares

काठमाडौं । अर्को महिना घरेलु मैदानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय शृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपालले फागुन २ देखि ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग आईसीसी लिग-२ अन्तर्गत चार खेलको एकदीवसीय श्रृंखला खेल्ने तालिका रहेको छ ।

यी हुन् बन्द प्रशिक्षणमा डाकिएका २८ खेलाडी
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंसी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महत्तो, कमलसिंह ऐरी, सिद्दान्त लोहनी, अर्जुन साउद, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भिम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम शोव, भुवन कार्की, अंकीत सुवेदी ।