लमजुङमा माघ २९ गतेदेखि १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने

लमजुङमा माघ २९ गतेदेखि १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने


ग्लोब नेपाल
0
Shares

लमजुङ । लमजुङमा माघ २९ गतेदेखि लमजुङमा माघ २९ गतेदेखि १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने भएको छ ।जिल्ला स्तरीय प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी थालिएको आयोजक जिल्ला खेलकुद विकास समिति लमजुङले जनाएको छ ।

यसपालिको प्रतियोगिता राइनास नगरपालिकाको गौलीटार खेल मैदानमा सञ्चालन गरिने जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष योग बहादुर गुरुङ ९कालु० ले बताए  । उनका अनुसार माघ २५ गते भित्र पालिकास्तरीय छनौट प्रतियोगीता सम्पन्न गर्न जिल्लाका ८ वटै पालिकालाई पत्राचार गरिसकिएको छ । पालिकाहरुले पनि खेल सञ्चालनको मिति तोकेर आवश्यक तयारी सुरु गरेको जानकारी प्राप्त भएको गुरुङले बताए । 

पालिका स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीलाई जिल्लास्तरीय प्रतियोगीतामा सहभागी गराइने छ । जिल्लास्तरीय प्रतियोगीताबाट छनौट भएका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने अध्यक्ष गुरुङले बताए । 

प्रतियोगिता अन्तरगत छात्र, छात्रा दुवै तर्फको एथ्लेटिक्स, भलिवल, कराँते, कबड्डी लगायतको खेल खेलाइने छ । उक्त प्रतियोगितामा छनौट भएका खेलाडीलाई जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय खेलमा सहभागी गराइने छ । 

फागुन १५ गते भित्र खेलाडी छनौट गरी नाम प्रदेशमा पठाइसक्नुपर्ने अध्यक्ष गुरुङले बताए ।