काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित शनिबार नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका छन् ।
शनिबार मध्याह्नदेखि सरकारी कार्यालयका वेबसाइट नखुलेकाले सार्वजनिक सेवामा समस्या भएको छ । सरकारी निकायका जीओभी डट एनपी भएका वेबसाइट नखुलेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।
त्यसैगरि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा हवाइ सेवा प्रभावित भएको छ । नेपाल वायु सेवाका यात्रु अलपत्र परेका छन् । विमानस्थल कार्यालयका अनुसार सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय मिवानस्थलबाट उड्न पर्ने जहाज रोकिएका छन् ।
सर्भरमा केही घण्टादेखि समस्या आएकाले सरकारी निकायका वेबसाइट नखुलेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले बताएको छ ।इन्जिनियरहरूले काम गरिरहेको र छिट्टै समस्या समाधान हुने बताइएको छ।
प्रतिक्रिया