चनौटेको १० शैयाको अस्पतालको भवन निमार्ण अलपत्र

चनौटेको १० शैयाको अस्पतालको भवन निमार्ण अलपत्र



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ स्थित चनौटेमा १० शैयाको अस्पतालको भवन निमार्ण अलपत्र परेको छ । २०७८ भदौ २ गते बाट काम सुरु गर्ने भनि महादेव खिम्ती अन्जना ताक्सार जेभी काठमाण्डौले रु आठ करोड १० लाख ८५ हजार ५२२.८० मा ठेक्का सम्झौता गरेको थियो । 

२०७७ भदौ ३० मा भएको सम्झौताअनुसार निर्धारित मिति २०७९ फागुण २ गते  भित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अस्पताल भवनको अत्तोपत्तो छैन् । ताक्सार जेभी र जुगल गाउँपालिका बिच भएको सम्झौताले  फागुन दुई मा भवन निमार्ण सकिसक्नु पर्ने हो तर अब मात्रै १७ दिन बाँकी छ । भवनको जग मात्रै खनेर अलपत्र छोडिएको छ । यति लामो समय बितिसक्दा पनि विभिन्न विवादका कारण अहिलेसम्म पनि काम हुन सकेको छैन् । जताततै सिमेन्ट ,रड लगाएतका सामाग्री बेसाहार छन् । जुन सम्झौता भएको बराम्ची र चनौटे एउटै वडा भित्र पर्दछन् । यो दुई बिच आउँजाउँ गर्न मात्रै आधाघण्टा जति फरक पर्छ । तर, बराम्चीमै अस्पताल बन्नु पर्छ भनि विवाद भयो । 

गाउँपालिकामार्फत ताकेता गरिरहेको र छिटो काम सुरु हुनुपर्यो भनि दवाव दिईरहेको गाउँपालिका अध्यक्ष रेशम स्याङबो बताउछन् । पालिकाकै गौरवको आयोजनालाई भवन निर्माण अधुरो र अलपत्र छाडेपछि पटक–पटक फोन भेट मार्फत  पनि ताकेता गरिएको अध्यक्ष स्याङबोले बताए । स्याङबाका अनुसार चनौटेमा अस्पातल निमार्ण गर्ने भनिएपछी विवाद सुरु भई रोकिएको थियो ,सो विवाद समाधान भैसक्यो , ठेकेदारलाई पटक पटक ताकेता गरेको छु आशा छ छिटै काम फेरी सुरु  हुनेछ ।

भौगोलिक हिसाबले जुगल गाउँपालिका कमजोर र विकट ठाउँ हो । सामान्य उपचारको लागी ३ देखि चार घण्टा सम्म हिड्नु पर्छ भने जटिलता बिरामीलाई धुलिखेल वा काठमान्डौ पुग्न पर्ने बाध्यता यहाँका स्थानीयलाई छ ।स्थानीय नन्द कुमारी पौडेल भन्छिन्,‘ कुनै ठुलो रोग लागिहाले काठमान्डौ नै पुग्नुपर्छ, बिरामिले समयमै उपचार नपाउँदा बिच बाटोमै ज्यान जान्छ । गाउँमा अस्पालको काम अलपत्र परेर बसेको छ । याहि अस्पताल बनिदिए उपचार नपाएर अकालमै ज्यान फाल्नु पर्ने बाध्यता हुने थिएन् ।’

बर्खायामको समयमा यहाँ एम्बुलेन्स ,अन्य गाडी चल्ने सम्भावना कम छ । यदि कुनै जटिलता बिरामि भएमा हेलिकप्टरको भर पर्नु पर्छ कि पैदल मार्फत सोही स्थानको जलविरे अस्पताल एक दुई घण्टा हिडेर पुग्नुपर्छ । यस्तै पोखरे ,बराम्ची लगायत गाउँमा स्वास्थ्य चौकि त छन् तर यहाँ सामान्य उपचार मात्रै हुन्छ । सो स्वास्थ्य चौकि  पुग्न पनि स्थानीयलाई समस्या छ । यदि जटिलता बिरामी भए कहाँ जानु यहाँका नागरिक गाउँपालिका र जेभी बिचको सम्झौता अनुसार बराम्चीमा अस्पताल निमार्ण हुनेछ । तर पालिकाका  सबै नागरीकलाई पाएक पर्ने ठाउँमा अस्पताल निमार्ण गर्ने भनेर जुगलको चनौटेमा जग्गा लिई काम सुरुवात गरियो । उतm अस्पताल चनौटेमा बनाईयो भन्दै बराम्चीका स्थानीयहरुले विवाद सुरु गरेका थिए । चनौटेमा काम भईरहेको ठाउँमा झडप समेत भयो ।

गाउँपालिकाको बैठक पश्चात विवादित बनेको अस्पताल निमार्ण कार्य सुरु गर्न अहिले समस्या समाधान त भयो तर फेरी ठेकेदार फर्केर नआउँदा समयमै काम सुरु हुन नसकेको  स्थानीय  टिका प्रसाद पौडेलको भनाई छ । भवन निर्माण गर्ने समय गुजारेको उक्त कम्पनीलाई नियमावली अनुसार म्याद थप भएपनि काम सुरु गर्ने छाँटकाँट देखिदैन् । ठेक्का पाएको कम्पनीले भुक्तानी रकम प्राप्त भएपछि मात्रै काम सुरु गर्ने बताएको छ ।