गण्डकीले जित्यो टाइगर कपको उपाधि

गण्डकीले जित्यो टाइगर कपको उपाधि


ग्लोब नेपाल
486
Shares

पोखरा । पोखरामा सञ्चालित टाइगर कपको तेस्रो संस्करणको उपाधि गण्डकी प्रदेशले जितेको छ । घरेलु मैदानमा दर्शकको समर्थनमा गण्डकीले विभागीय टिम एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । खेलको पहिलो सेटमा एपीएफले २५–१६ अन्तरले जित निकालेको थियो । दोस्रो सेटमा गण्डकीले २५–१८ ले जित निकाल्यो । तेस्रो सेट पनि गण्डकीले २५–१९ अंकले जित्यो ।

निकै प्रतिस्पर्धात्मक चौथो सेट एपीएफले २८–२६ ले जित्यो । खेलको अन्तिम सेट गण्डकीले १५–८ को फराकिलो अन्तरले जित निकालेसँगै तेस्रो संस्करणको टाइगर कपको उपाधि जित्न सफल रह्यो । प्याराफिटभरि करिब ३ हजारको संख्यामा रहेका दर्शकको हुटिङसँगै गण्डकीले उपाधि हात पार्‍यो ।

योसँगै गण्डकी टाइगर कपको दोस्रो पटक विजेता बनेको छ । पहिलो संस्करणमा गण्डकीले आर्मीलाई ३–२ ले हराउँदै उपाधि चुमेको थियो । दोस्रो संस्करणमा त्रिभुवन आर्मी क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।प्रतियोगिताका विजेता टिमले समान ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँमा प्राप्त गरेका छन् ।