लुम्बिनीका १५७ प्रावि शिक्षकको बढुवा (सूचिसहित)

लुम्बिनीका १५७ प्रावि शिक्षकको बढुवा (सूचिसहित)


ग्लोब नेपाल
891
Shares

काठमाडौँ । लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवाका लागि सिफारिसमा परेका छन् । रुकुमपूर्वका ११, पाल्पाका ३३, गुल्मीका २१, अर्घाखाँचीका १२, रुपन्देहीका ५, कपिलवस्तुका ३, रोल्पाका २६, प्युठानका १५, दाङका ५, बाँकेका ६ र बर्दियाका २० जना प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक बढुवा भएका हुन् ।

शिक्षक सेवा आयोगले आज सूचना जारी गर्दै, कार्य सम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरू बढुवा सूचीमा परेको जनाएको हो । बढुवा सिफारिस समितिले सार्वजनिक गरेको नामावलीमा चित्त नबुझे ३५ दिनभित्र उजुरी दिन पनि आयोगले भनेको छ ।