पाकिस्तानमा बस दुर्घटना हुँदा ४१ यात्रुको मृत्यु

पाकिस्तानमा बस दुर्घटना हुँदा ४१ यात्रुको मृत्यु


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा बिहान भएको बस दुर्घटनामा परी ४१ जना यात्रुहरु मारिएका छन् ।

क्वेटाबाट कराँचीतर्फ जाँदै गरेको उक्त बस सडकबाट तल खसेको थियो । सो बसमा ४८ जना यात्रुहरु रहेका थिए । तीब्र गतिमा रहेको सो बसले यू–टर्न लिन खोज्दा पुलको खम्बामा थोकिएर तल खसेको थियो ।

खसेपछि आगो लागेको त्यहाँका अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जानकारी गराएको छ । दुर्घटनामा परेको सो बसबाट एकजना बच्चा र महिलाई सकुसल उद्दार गरिएको छ ।