पाकिस्तानमा भएको बम विस्फोटमा २८ जनाको मृत्यु, डेढ सय जना घाइते

पाकिस्तानमा भएको बम विस्फोटमा २८ जनाको मृत्यु, डेढ सय जना घाइते


ग्लोब नेपाल
0
Shares

एजेन्सी । पाकिस्तानको पेशावरमा एउटा मस्जिद भित्र भएको बम विस्फोटमा २८ जनाको मृत्यु भएको छ ।

पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा १५० जना घाइते भएका छन् । उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ ।

पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए ।

पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा विस्फोटको बेला ३०० देखि ४०० जना प्रहरीहरु नै उपस्थित रहेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । मानिसहरु नमाज पढ्नका लागि भेला भएको बेला विस्फोट भएको हो ।