माफ देउ सहिद

माफ देउ सहिद



प्रकृति ध्वस्त
पूर्वाधार ध्वस्त
अर्थतन्त्र ध्वस्त
प्रजातन्त्र ध्वस्त
स्वतन्त्रता ध्वस्त
राजनीति ध्वस्त
कुटनीति ध्वस्त
अनुशासन ध्वस्त
सुशासन ध्वस्त
एकता ध्वस्त
नैतिकता ध्वस्त
राष्ट्रियता ध्वस्त
इतिहास ध्वस्त
धर्म संस्कृती ध्वस्त
सम्पदा ध्वस्त
शिक्षा ध्वस्त
स्वास्थ्य ध्वस्त
किनभने तिम्रो नेतृत्व भ्रष्ट
तिमीलाई प्रयोग गर्ने नेतृत्व मस्त
नमन छ तिम्रो आँसु र सपनालाई
सलाम छ तिम्रो बलिदान र वीरतालाई
माफ देउ हाम्रो कायरतालाई