६ वर्षदेखि हुन नसकेको लेखापरीक्षण तीन महिनाभित्र सक्न अर्थमन्त्रीको निर्देशन

६ वर्षदेखि हुन नसकेको लेखापरीक्षण तीन महिनाभित्र सक्न अर्थमन्त्रीको निर्देशन


ग्लोब नेपाल
270
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण गरिसक्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले ६ वर्षसम्म लेखापरीक्षण हुन नसक्नु चिन्ताको विषय भएको भन्दै आजका मितिदेखि सुरु भएर २०८० साल वैशाख १६ सम्म लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३-०७४ देखि लेखापरीक्षण हुन बाँकी छ । मन्त्री पौडेलले लेखापरीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् ।